पर्सा, बारा र रौतहट जिल्ला गरी थप १ सय १० जना कोरोना पुष्टि

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा तीन जिल्लाका १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पर्सा, बारा र रौतहट जिल्लाका गरी थप १ सय १० जना रहेका छन् ।

संक्रमण देखिनेमा पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जना हुन् । कुल ५ सय ७६ जनाको स्वाब परीक्षण गरिएकोमा ८० जना पुरुष र ३० महिलाहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण देखिनेमा डेढ वर्षका नाबालकदेखि ८० वर्षका वृद्ध समेत रहेका छन् । पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ४९ जना, कालिकामाइ गाउँपालिका–२ का चारजना, बहुदरमाइ नगरपालिकाका पाँचजना, पर्सागढि नगरपालिकाका सातजना र पोखरिया नगरपालिकाकाचार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कमेन्टहरु
Loading...