तनुहँकी २० वर्षीय महिलाको कोरोनाबाट मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ ।

तनहुँ व्यास नगरपालिका घर भएकी २० वर्षीय महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

मृगौंलाको समस्या रहेर डायलसिस गराइरहेकी उनको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

कमेन्टहरु
Loading...