पोखरा/पोखरामा आज २० प्रहरीसहित २३ मा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा २३ जनामा कोरोना संक्रमण भएको हो । आज संक्रमित हुनेमा पार्कल्याण्ड अस्पताल अंमरसिहचोकको स्वास्थ्यकर्मी पनि रहेका छन् । पोखरा महानगरपालिका १४ मा २ र १३ नं. वडामा एक संक्रमित पनि बुधबार थपिएका छन् ।
पोखराको २३ सहित बुधबार गण्डकी प्रदेशमा ३५ जना संक्रमित थपिएका छन् । आजसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या २२४५ पुगेको छ ।
