नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु

पोखरा । नेपालमा कोरोना संक्रमणको दर तथा यसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

यसैबीच यो समाचार तयार पार्दासम्ममा विभिन्न जिल्लामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको ज्यान गएको छ । काठमाडौंका १ पूर्व न्यायधीश, १८ वर्षीय युवती र पर्सा तथा चितवनमा थप ६ जनाको ज्यान गएको हो ।

कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा पूर्व प्रधानन्यायधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । उपचारका क्रममा उनको काठमाडौंको गंगालाल अस्पतालमा मृत्यु भएको हो । उनलाई लामो समयदेखि मुटुको समस्या रहेको थियो । पोखराको तत्कालीन पुनरावेदन अदालतबाट २०७० सालमा रिटायर्ड भएका उनलाई ५ दिन अगाडि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचार कै क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनको शवलाई नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने बताइएको छ ।

कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुरकी १८ वर्षीय युवती समेत छिन् । त्यस्तै भरतपुर अस्पतालमा नै हिजो दिउँसो खैरनी नगरपालिका वडा नम्बर १३ की ५५ वर्षीय महिला तथा भरतपुरकै ६५ वर्षीय पुरुषको ज्यान गएको हो । अस्पताल स्रोतका अनुसार २ जनाको मृत्यु अगाडि तथा १ जनाको मृत्युपछि नमुना संकलन पश्चात कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

यता सोमबार राति नै कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा १ पुरुषको मृत्यु भएको छ । १७ दिनदेखि नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा ५३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो । साउनको ३१ गते उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मधुमेह तथा मृगौलाको रोगबा समेत ग्रसित उनको सोमबार राति १२ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको हो ।

यसैबीच धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको ज्यान गएको छ । सिराहाको मिर्चैया नगरपालिका घर भएका उनको उपचारका क्रममा ज्यान गएको हो । यही भदौ ८ गते स्वाब संकलन गरेर परीक्षण गर्दा ६५ वर्षीय मृक्तकको रिर्पोट १० गते पोजेटिभ आएको थियो ।

उनी मधुमेह सहित उच्च रक्तचापको बिरामी समेत थिए । अस्पतालको आइसियुमा राखेर उपचार भइरहँदा उनको सोमबार राति करिब ९ बजेको समयमा ज्यान गएको बताइएको छ । उनी १ हप्ता अगाडि अस्पताल भर्ना भएका थिए ।

कमेन्टहरु
Loading...