पोखरा, भदौं १५ गते । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पत्रकारहरुलाई स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेको छ ।
लमजुङका पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएसंगै महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेलले प्रेस नोटमा जारी गर्दै गण्डकी प्रदेशका सबै पत्रकार साथीहरुलाई आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न र सन्चार माध्यमहरुलाई पनि सुरक्षा शतर्कता अपनाएर मात्रै काममा लगाउन बिशेष ध्यानाकर्षण गराएका छन् ।
‘प्रदेशका सबै शाखाका अध्यक्ष ज्युहरुले फिल्डमा खटिएका र डेस्कमा काम गर्ने साथीहरुको स्वास्थ्य सुरक्षामा ध्यान पुग्नेगरी कार्य गर्नहुन आग्रह गर्दछु।’,अध्यक्ष पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।