पोखराको फेवासिटी अस्पतालमा उपचाररत लमजुङकी महिला सहित गण्डकी प्रदेशमा थप ७ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय पुरुष सहित, वडा नम्बर ८ का ५५ वर्षीय तथा वडा नम्बर १५ का ५६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै तनहुँको भानु नगरपालिका वडा नम्बर ५ का ४४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी लमजुङको बेसीसहर नगरपालिका १० का ७१ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत रहेकी छिन् ।

यता गोरखाको गोरखा नगरपालिका वडा नम्बर १३ का ३२ र ३६ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुवै महिलालाइ चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार १ सय ४४ पुगेको छ ।

कमेन्टहरु
Loading...