पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले हिजो आइतबार राति एकजनालाई पक्राउ गरेको छ ।
शुक्रबार कास्की प्रहरीमा बालिकाका अभिभावकले आफ्नै छिमकेकी पुरुषले अपराध गरेको उजुरी कास्की प्रहरीमा दिएका थिए । उजुरी परेलगत्तै फरार रहेका आरोपितलाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको हो ।
प्रहरी श्राेतका अनुसार अभियुक्तलाई हिजाे स्याङ्जाबाट गिरफ्तार गरेर राती नै पाेखरा ल्याएकाे छ । अभिभावक नभएको अवस्थामा बालिकामाथि गत केहि ३ र ४ महिनादेखि बलात्कार हुँदै आएको थियो ।
घटनाको जानकारी बालिकाको परिवारकालाई थाहा भएको सुइको पाएपछि फरार अभियुक्तलाई कास्की प्रहरीले घटना गुपचुप राखेर उनको खोजी गरिराखेको थियो ।