‘कास्कीमा काँग्रेस एक नम्बरमा आउँछ’

पोखरा, १५ कात्तिक/विभिन्न अध्ययनबाट यसपालिको संविधानसभाको चुनावमा पहिलो नम्बरमा आउने दाबी भैरहेको बेलामा काँग्रेसले पनि प्रचारप्रसारमा आफुलाई अब्बल बनाउँदै लगेको छ । उसले संविधानसभाको चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने समेत बताउँदै आएको छ । उसो त तीन ठुला दलमध्ये एमाओबादी र एमालेले पनि काँग्रेसले जस्तै दाबी गर्दै आएका छन् ।

काँग्रेसले देशका अन्य स्थानमा जसरी नै कास्कीमा पनि चुनावी अभियानलाई तिव्रता दिईरहेको छ । कास्की काँग्रेसले चारवटै क्षेत्रमा आफ्ना उम्मेदवार सहित कार्यकर्तालाई खटाएर चुनावी माहौल बनाउन लागिपरेको छ । क्षेत्र नम्बर एकमा यज्ञबहादुर थापा, दुईमा शारदा पौडेल, तीनमा सोभियतबहादुर अधिकारी र चारमा महादेव गुरुङले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार अभियानमा सरिक भैरहेका छन् ।

नेपाली काङ्ग्रेस क्षेत्र नं २ कास्कीले घरदैलो कार्यक्रमलाई जारी राखेको छ । उम्मेद्बार पौडेलले शुक्रबार पोखराको लामाचौर र बाटुलेचौरमा घरदैलो गरेकी छन् । उनले लोकतान्त्रिक संविधान, मुलुकको समृद्वि र पोखराको विकासका लागि आफुलाई विजयी गराउन आग्रह गरिन् । घरदैलो गर्न लामाचौर पुगेकी पौडेललाई जाल्पादेवी सामुदायिक महिला विकास समिति लामाचौरले कार्यक्रम नै गरेर स्वागत गरेको थियो ।

उता पौडेल जसरी नै काँग्रेसका अन्य उम्मेदवारहरुले पनि आ–आफ्नो क्षेत्रमा पुगेर घरदैलो संगै आमसभा आयोजना गरिरहेका छन् । सबैले आफुले यो पटकको चुनावमा जित्न सके जनताको माग सम्बोधन गर्ने समेत बताउँदै आएका छन् ।

कमेन्टहरु
Loading...