चितवन सग कास्की पराजित

पोखरा, १५ कार्तिक/पोखरामा सुरु भएको वाइवाइ यु–१९ क्षेत्रीय क्रिकेट छनौट प्रतियोगिता अन्र्तगत शुक्रवार नगर पशिक्षण केन्द्र नदीपुरको मैदानमा चितवनले कास्कीलाई ४४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ थालेको चितवनले २४ दशमलव चार ओभर खेल्दै एक सय १९ रन बनाउन सवै विकेट गुमाउन पुग्यो ।

चितवनको इनिङमा संजोस भटराईले श्याम त्रिपाठीको वलमा एलबीड्व्लु हुनु अगाडि ३१ रन बनाइ पवेलियन फर्किएका थिए । आकाश थापाले १८, निश्चल पाण्डेले १६ रनको योगदान दिए । कास्कीका लागि श्याम त्रिपाठी र दीपेश गुरुङले २–२ विकेट लिनेक्रममा ३–३ वाईड फाल्दै अतिरिक्त रन दिएका थिए ।

चितवलने दिएको एक सय २० रनको लक्ष्य पछ्याएको कास्की २२ दशमलव ४ ओभरमा केवल ७५ रनमा समेटियो । सुमन घिमिरेले १६, मनोज कोईरालाले १५ रन बनाए । कास्कीलाई सस्तैमा समेटनेक्रममा संघर्ष पौडेल र नवीन लुईटेलले समान ३–३ विकेट लिए भने निश्चल पाण्डेले ३ ओभर बलिङमा दुई मेडन राख्दै दुई विकेट लिएका थिए ।

कमेन्टहरु
Loading...