जर्वजस्ती बेपत्ता पारिएकाको सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा, भदौं १४ गते । जर्वजस्ती वेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनकि गर्न माग गर्दै मानवअधिकार संवद्ध विभिन्न संस्थाले भदौं १४ गते प्रमुख जिल्ला अधिकारी यादव ढकाल मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन बुझाएका छन् ।

जर्वजस्ती व्यक्ति वेपत्ता पार्ने कार्य विरुद्धको अन्र्तराष्टिय दिवस ३० अगष्टको सन्दर्भमा गैरसरकारी संस्था महासंघ , इन्सेक , वेपत्ता योद्ध परिवार समाज , एड्भोकेसी फोरम , शान्तिका लागि नागरिक समाजको सञ्जाल,पोखरा , कोपिला नेपाल , मासम कास्की लगायतका संस्थाहरुले जर्वजस्ती व्यक्ति वेपत्ता पार्ने कार्यलाई ऐन बनाएर अपरााधिकार गर्न ,जर्वजस्ती वेपत्ता पारिएका व्यक्तिहरुको संरक्षण सम्बन्धी महासन्धी अनुमोदन गर्न , अपराधको पुरानवृत्ति नहुने प्रत्याभूत गर्नुका साथै पीडित परिवारहरुलाई उचित परिपुरणको व्यबस्था गर्दै दिगो शान्तिका लागी उचित वातावरण तयार गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

‘वेपत्ता पारिएका व्यक्तिको बारेमा बिस्तृत अनुसन्धान , पीडकको पहिचान, शब उत्खनन् , डिएनए परीक्षण , पीडितलाई आवश्यक परिपुरणको व्यबस्था लगायतका जटिल प्रक्रियाहरु सम्पादन गर्ने लक्षण देखिएको छैनन् । जर्वजस्ती वेपत्ता, गैह्रन्यायिक हत्या , यातना,यौन जन्य हिंसा र बलात्कृत ,विस्थापित अंगभंग एंव अपांग पारिएका पीडितहरुको सत्य र न्याय पाउने आशा क्षिण हुदै गएको छ’,विज्ञप्तीमा भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले वेपत्ता पारिएका व्यक्तिको छानविन प्रक्रियालाई निश्पक्ष बनाउन पर्ने बताउनुभयो ।

उहाँले पत्र प्रधानमन्त्री कार्यलयसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कमेन्टहरु
Loading...