पोखरामा ३ सय कोरोना संक्रमित ,दुई वडामा शून्य

पोखरा, भदौं १४ गते । पोखरा महानगरपालिका भित्र हाल सम्म ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरपालिकाका अनुसार हालसम्म पिसिआर गरिएका मध्य ३ सय जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमा महिला ८१ जना र पुरुष २ सय १९ जना रहेका छन् ।

हालसम्म वडा नं १२ एक , वडा नं १६ का २ , वडा नं १९ का १ र अन्य २ गरि ६ जनाको मृत्यु भैसकेको छ । यस्तै  १ सय ७१ जना निको भै घर फर्किएको महानगरपालिकाले जानकारी दियो ।

सबैभन्दा बढी वडा नं ८ मा २७ जना रहेका छन् । जसमा २२ जना पुरुष र ५ जना महिला छन् ।

हालसम्म वडा नं २० र २४ मा हाल सम्म संक्रमित भेटिएका छैनन् ।

 

कमेन्टहरु
Loading...