रबिन्द्र अधिकारीको चुनाबी प्रतिबद्धतापत्र सार्बजनिक

गोकुल बानियाँ
पोखरा १५ कार्तिक । नेकपा एमाले कास्की निर्बाचन क्षेत्रनम्बर ३ का उम्मेदवार रबिन्द्र अधिकारीले चुनाबी क्षेत्र सहित समग्र पोखराको बिकास गर्ने महत्वकांक्षी योजना सहितको प्रतिबद्धतापत्र सार्बजनिक गरेका छन् । आज सार्बजनिक गरिएको प्रतिबद्धतापत्रमा अघिल्लो संबिधानसभामा निर्बाचित भएसंगै पोखरा सहित आफ्नो क्षेत्रको बिकासमा अग्रणी भूमिका निर्बाह गरेको दाबि सहित उनले अबको निर्बाचनको परिणाम आफ्नो पक्षमा पार्न स्थानिय समस्या समाधानको आश्वासन दोहो¥याएका छन् ।

rabindraपहिलो संबिधानसभा निर्बाचनमा आफु निर्बाचित भएपछि गरेका काम , अबको चुनाब जितेमा गर्ने काम र आगामी ५ बर्षमा स्थानिय बिकास र सुसासनको लागि गर्न सकिने कामको सुचि उनको प्रतिबद्धतापत्रमा समेटिएका छन् । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माण, ताल संरक्षण, नगरक्षेत्रको बिकास र क्षेत्रनम्बर ३ को खानेपानी, बिद्युत, सडक, शिक्षा लगायतका काम पुरा गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । बर्षैदेखि पोखरामा अलपत्र परेका योजना पुरा गर्ने आश्वासन पनि अधिकारीको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

पोखरामा खानेपानी समस्या समाधान, पोखरा बस पार्क , चक्रपथ निर्माण, समग्र पर्यटकिय बिकास सहित सेति खोचलाई शहासिक पर्यटकिय गतिबिधि केन्द्रको रुपमा बिकास गर्ने उनको चुनाबी प्रतिबद्धता छ । पृथ्बीनारायण क्याम्पसलाई बिश्वबिद्यालय बनाउने, जनप्रिय क्याम्पसलाई पब्लिक बिश्वबिद्यालय बनाउने, , प्राबिधिक शिक्षालयको स्थापना, पोखरामा बिद्यमान अस्पतालको स्तरनोन्नती, पोखरालाई सतप्रतिशत साक्षर भएको शहर बनाउनुको साथै यस क्षेत्रमा कहिल्यै बन्द हड्ताल नगर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । पोखरामा ढल निकास, सडक किनारमा बृक्षारोपण, नयाबजारको प्रदर्शनी केन्द्रलाई अन्तराष्ट्रिय स्तरको बनाउने, चिडियाखानाको निर्माण गर्ने र आगामी ५ बर्षभित्र पोखरा उपमहानगरपालिकालाई मुलुककै उत्कृष्ठ बनाउने अधिकारीको प्रतिबद्धतापत्रमा लेखिएको छ ।

२०६४ को संबिधानसभा निर्बाचनमा जितेर गएपछि कृस्ती निर्मलपोखरी–भरतपोखरीलाई जोड्ने ४२ किलोमिटर बाटोको ओटासिल, सेति र फुस्रे खोलामा पुल निर्माण, १२ वटा बिद्यालयको भबन निर्माण, खानेपानी सुदृढिकरण आयोजना , चक्रपथको डिपिआर लगायतको महत्वपूर्ण काम गरेको दाबि गरे । संबिधानसभामा सांसद बिकास कोष अन्तर्गत आउने रकम पारदर्शी रुपमा खर्च गरेका अधिकारीले आगामी संबिधानसभामा प्रतिनिधित्व गर्ने अबसरमा पाउनेमा बिश्वस्त रहेको दाबि समेत गरेका छन् । पहिलो संसबधानसभामा आफुले निर्बाह गरेको भूमिकाको आधारमा पनि मतदाताले पत्याउने उनको बिश्वास छ । पोखरालाई प्रादेशिक केन्द्रको रुपमा चिनाउदै उनले त्यसको लागि आफुले अघि सारेका सबै योजना सम्पन्न हुनुपर्ने बताए ।

कमेन्टहरु
Loading...