प्रचण्डले भने अन्य दलले आफुलाई हराउने षडयन्त्र भैरहेको छ

सगार राज तिमिल्सिना
पोखरा, १५ कास्की/हिजोका पाँच वटै सम्बोधनमा अरु पार्टीका ठुला नेताहरुले चुनाव हार्ने दावी गरेका एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आज आफुलाई पनि हराउन अन्य दलले षडयन्त्र गरिरहेको बताएका छन् । हिजो कास्की, पर्वत, म्याग्दी र बाग्लुङका चुनावी सभालाई सम्बोधन गर्दै दाहालले अन्य दलका शिर्ष नेताहरुले चुनाव हार्ने बताएका थिए ।

तर आज पोखरामा पत्रकार सम्मेलन गरेर उनले आफैलाई हराउन षडयन्त्र भैरहेको बताए । क्रान्तिकारी पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफुले यस्तै सूचना पाएको बताए ।दाहालले निर्बाचनको समयको सुरक्षा स्थिति चिन्ताजनक नभएको दावी गरे । ढुक्कसंग मतदान गर्ने वातावररण बन्छ भन्दै उनले बैद्य समुहका माग सम्बोधन गर्ने सम्भावना अझै पनि रहेको बताए ।

आगामी संविधान सभामा २६ सिट दिएर वा उनीहरुका माग सम्बोधन गरेर सहमति गर्न सकिने उनको भनाई थियो । काठमाण्डौं क्षेत्र नम्बर १० र सिराहा ५ बाट निर्बाचन लडेका दाहाल आफु राष्ट्रिय नेता भएको बताउदै देशब्यापी दौडाहा छन् । उनी जहाँ जान्छन त्यहाँ नेकपा–माओवादीले बन्दको आब्हान गरेर अबरोधको प्रयास गरेका छन् ।

कमेन्टहरु
Loading...