नवलपरासीमा थप २१ जनालाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपरासी ब.सु.पू को विनयत्रिवेणी तथा गैडाकोटमा २१ जनालाई कोरोना भअइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये विनयत्रिवेणी वडा नम्बर ६ का ६ पुरुष तथा ५ महिला, वडा नम्बर ७ का २ महिला तथा ६ पुरुष रहेका छन् ।

त्यस्तै गैडाकोट नगरपालिका वडा नम्बर १ का १ जना पुरुष तथा वडा नम्बर ८ का २५ वर्षीय १ महिला रहेकी छिन् । गैंडाकोट नगरपालिकाका संक्रमितको परीक्षण चितवनको चितवन मेडिकल कलेजमा परीक्षण गरिएको हो । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ७७ पुगेको छ ।

कमेन्टहरु
Loading...