राष्ट्रिय जनमोर्चाको घरदैलो कार्यक्रम

पोखरा, १४ कार्तिक/राष्ट्रिय जनमोर्चा कास्कीले घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । यसै क्रममा कास्कीको क्षेत्र नं.२ अन्तर्गत नदीपुर, वगर, द्धिप, लामाचौर हुँदै अर्मला बाटुलेचौर सम्म र क्षेत्र नं. ४ अन्तर्गत पुरुन्चौर र सार्दीखोलाका विभिन्न स्थानहरुमा प्रत्यक्षका उमेद्वार विष्णु राना र शंकर वराल सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

त्यस्तै क्षेत्र नं. १ अन्तर्गतका विभिन्न गा.वि.स.हरु र लेखनाथ नगरपालिकाका विविन्न वडाहरुमा पनि प्रत्यक्षका उमेद्वार मदन मुरारी घिमिरे सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

कमेन्टहरु
Loading...