रसियन संस्कृति झल्कने फोटो प्रदर्शनी

पोखरा,  कात्तिक १४/रसिया र नेपालको मैत्री सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा शुक्रबार पोखरामा एकदिने फोटो प्रर्दशनी गरिने भएको छ । नेपाल रसिया मैत्री समाजको आयोजनामा हुन लागेको प्रदर्शनीमा रसियाका सांस्कृतिक तस्बिरलाई प्रदर्शनीमा राखिनेछ ।गैहपाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको स्थानीय संयोजनमा कलेज प्रागंणमा गरिने प्रदर्शनीमा करिब ५० वटा फोटो राखिने आयोजक संस्थाका कुुशुमकेशव पराजुलीले बताए । ‘माउण्ट कैलाश र रसियाली एकता झल्किने खालको फोटो प्रदर्शनीमा राखिनेछ’ उनले भने ।
पत्रकार, पत्रकारिता र आमसंचारका विद्यार्थीका लागि प्रभावकारि हुने उक्त प्रदर्शनीबाट रसियन संस्कृति बुझ्न पाईने उनले बताए । प्रदर्शनीमा नेपालस्थित रसियाली राजदुतावास र रसियन सांस्कृतिक केन्द्रका काउन्सिलर सहितका पदाधिकारी सहभागि हुनेछन् ।

कमेन्टहरु
Loading...