पत्रकार चन्द्रश्वर बस्ताकोटी माथी सांगातीक हमला

सागर राज तिमिल्सिना
पोखरा, १४ कास्की/नेपाल टेलिभिजनका र गोर्खापत्रका मुस्ताङ सवाददाता चन्द्रश्वर बस्ताकोटीलाई समाचार संकलनका क्रममा मुस्ताङको घाँसामा युवाहरुले कुटपिट गरेका छन् । सुर्य अंकित टोपी लगाएका युवाहरु देखेपछि फोटो खिचेको केही समयपछि आकस्मिक ढंगले चारैतिरबाट घेरा हाली पछ्यौराले अनुहार ढाकेर निर्घात कुटपिट गरि क्यामरा र ल्यापटप लगेको बस्ताकोटीले बताएका छन् ।

Chandra Bastakotiकरिब १०÷१२ जनाको समुहमा रहेको युवाहरुले उनिमाथि आक्रमण गरेका थिए । घटनामा संलग्न घाँसाका उत्कृष्ट गौचनलाई प्रहरीले गिरफ्तार गरेपनि अन्य आक्रमणकारीहरु गिरफ्तार गरे पनि अन्यलाई प्रहरीले पक्राउ नगरेको बस्ताकोटीले बताए ।

क्रान्तिकारी पत्रकार संघ, मुस्ताङका अध्यक्ष समेत रहेका बस्ताकोटी माथि भएको आक्रमणको क्रान्तिकारी पत्रकार संघ तमुवान राज्य समितिले विज्ञप्ती जारी गर्दै भत्सना गरेको छ । समितिका अध्यक्ष लोकप्रसाद बञ्जाराले विज्ञप्ती घटनामा संलग्न सबैलाई यथासिघ्र कानुनी दायरामा ल्याइ कार्वाही गर्न माग गरेका छन् ।

कमेन्टहरु
Loading...