तनहुमा रामचन्द्र पौडेलमाथि पेट्रोल बम प्रहार

१४ कात्तिक, तनहुँ । नेपाली कांग्रेसका उपसभापति तथा उम्मेदवार रामचन्द्र पौडेल बसेको घरमा पेट्रोल बम प्रहार भएको छ ।तनहुँको रामजाकोट २ स्थित गोविन्द पुरीको घरमा बस्नुभएका पौडेललाई लक्षित गरी गएराति २ बजे बम प्रहार भएको हो । उक्त बम प्रहारबाट पुरीको घर र चुनावी प्रचारका लागि पौडेलले प्रयोग गरेको गाडीमा सामान्य क्षति पुगेको छ ।

अज्ञात समूहले बम प्रहार गरेको र नजिकै खोज तलास गर्दा पड्काउन तयारी अवस्थामा राखिएका अन्य पाँच वटा बम पनि फेला पारेको प्रहरी नायव निरीक्षक अमृत लामिछानेले जानकारी दिनुभयो । पौडेल यतिबेला प्रहरीको सुरक्षाघेरा भित्र हुनुहन्छ भने घटनाका बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।
उक्त घटनापछि पौडेलको आजको चुनावी प्रचार अभियान अन्यौल भएको छ । आज विहानैदेखि गाउँमा घरदैलो अभियान चलाउने तयारी गर्नुभएका पौडेलले कार्यक्रमका बारेमा कुनै तयारी गर्नुभएको छैन् ।

कमेन्टहरु
Loading...