सफल कपको फाईनल पुग्न थ्रिस्टार हङकङ भिड्दै

पोखरा १४ कार्तिक । सफल पोखरा कपको उपाधि होडमा पुग्न आज नेपालको लिग च्याम्पियन क्लब थ्रिस्टार र नेपलिज फुटबल एसोसिएसन हङकङ भिड्दैछन् । दोस्रो सेमिफाईनल अन्तर्गत यी दुई टिमको खेल दिउसो साढे २ बजे पोखरा रंगशालामा सुरु हुनेछ ।

हङकङ पहिलो चरणमा नेपालको १६ बर्ष मुनीको राष्ट्रिय टिम र दोस्रो चरणमा भुटानलाई पराजित गरी अन्तिम चारमा आईपुगेको हो । थ्रिस्टारले आयोजक पोखरा–११ माथि टाईब्रेकर मार्फत कठित जित निकाल्दै हङकङसंगको भेट पक्का गरेको हो ।
अफ्रिकन मुलका खेलाडिको बर्चश्व रहेको हङकङलाई पन्छाउन थ्रिस्टारलाई त्यति सहज नरहेको खेल बिश्लेशकहरुले बताएका छन् । तरपनि यसअघिको प्रदर्शनलाई सुधार्न सके थ्रिस्टारले उपाधि होड पक्का गर्ने आकलन पनि गरिएको छ । आजको बिजेताले उपाधिको लागि पर्सी मनाङको सामना गर्नेछ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा कार्तिक ५ गतेदेखि जारी प्रतियोगिताको फाईनल खेल कार्तिक १६ गते हुनेछ । यो संस्करणको बिजेताले ३ लाख ५५ हजार र उपविजेताले २ लाख १ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कार दिईने आयोजकले जनाएको छ । उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...