निर्वाचन पर्यवेक्षण प्रशिक्षण कार्यक्रम

कार्तिक १३, पोखरा/राष्ट्रिय निर्वाचन पर्यवेक्षण परिषद नेपाल (निकोन) को आयोजनामा पश्चिमाञ्चल क्ष्ोत्रिय स्तरिय एक दिने संविधान सभा निर्वाचन पर्यवेक्षण प्रशिक्षण कार्यक्रम सम्मन्न भएको छ । नेपाल मानव अधिकार संगठन कास्की शाखाको समन्वयमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा निर्वाचन पर्यवेक्षण निती, संविधान सभा सदस्य निर्वाचन पर्यवेक्षण निर्देशिका, निर्वाचन पर्यवेक्षकका आचार संहिता, काम कर्तव्य र अधिकारका विषयमा पर्यवेक्षकहरुलाई प्रशिक्षण दिएको थियो ।

निकोनका तालीम संयोजक तथा अधिवक्ता विनोद कार्कीले सहजीकरण गर्नु भएको कार्यक्रममा छलफलमा उठेका विषयमा नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य नीलकण्ठ शर्मा र नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल क्ष्ोत्रिय संयोजक नरेन्द्र वास्तोलाले प्रकास पार्नु भएको थियो । २५ जना पर्यवेक्षक सहभागी रहेको थियो ।

कमेन्टहरु
Loading...