माओवादीको कास्कीमा चुनावी गतिविधि तीब्र

पोखरा, १३ कात्तिक/कास्की क्षेत्र नम्बर तिनमा चुनाबी प्रचार प्रसार आक्रमक ढंगले अगाडी बढाएको एमाओवादीले जनाएको छ । बुधबार वाइसिएलको भएको भेलामा उनीहरुले एमाओवादीको विजय भएमात्र संविधान निर्माण हुने र देशमा विकास निर्माण हुने बताएका छन् ।भेलामा सहभागि युवाले प्रचार प्रसार, घरदैलो, मतदाता सुरक्षा लगायतमा आफुहरुले भुमिका खेल्ने बताए । भेलालाई सम्बोधन गर्दै एमाओवादीका बरिष्ठ केन्द्रिय सदस्य तथा तमुवान राज्य संयोजक हरी अधिकारी (कुमार)ले तमुवानमा एमाओवादीको जित सुनिश्चित भएको दाबी गरे । उनले एमाओवादीलाई बिजयी गराउनबाट कसैले रोक्न नसक्ने दाबी गर्दै मतदाताको सुरक्षा गर्न युवाहरुले बिशेष भुमिका निर्वाह गर्नुपर्ने बताए ।

कास्की क्षेत्र नम्बर ३ का प्रत्यक्ष उम्मेदबार रामजी बराल (जीवन)ले कास्की ३ का युवाहरुले नयाँ नेतृत्व चाहेको भन्दै अब त्यो कार्यभार एमाओवादीले पुरा गर्ने बताए । भेलामा समानुपातिक उम्मेदवार तेजकुमारी पौडेल, योङ्ग कम्युनिष्ट लीग (वाईसियल)का बरिष्ठ केन्द्रिय सदस्य तथा तमुवान राज्यका अध्यक्ष दीपक कोईराला (रुपक), एमाओवादी कास्कीका युवा नेता किरण थापा (अमोद), एमाओवादीका राज्य समिति सदस्य जीतबहादुर तमु (मामा), वाईसियल कास्कीका सचिव तथा कास्की ३ का निर्वाचन प्रचार प्रसार समितिका इन्चार्ज लोकराज आचार्य (सौगात) लगायतले सम्बोधन गरेका थिए ।

त्यसै गरि कास्की निर्वाचन क्षेत्र न.४ को कास्कीकोट गाविसमा बुधबार एकीकृत माओवादीको चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै एकीकृत माओवादीका केन्द्रीय सल्लाहकार रामराज रेग्मीले मुलुक हाँक्न सक्ने स्पष्ट नीति र सक्षम नेतृत्व भएको पार्टी एकीकृत माओवादी मात्रै भएको बताए ।

काँग्रेसको नीति फेल खाइसकेको र एमालको आफ्नै नीति नभएकोले एमाओवादीकै नीति र नेतृत्वमा २० औं वर्ष मुलुक अगाडि बढ्ने उनको ठोकुवा थियो । कार्यक्रममा क्षेत्र न.४ का उम्मेदवार गुप्तबहादुर हमाल सन्देशले क्षेत्र न.४ मा एकीकृत माओवादीले फेरि विजय हासिल गर्ने सुनिश्चित भैसकेको दावी गदै घोषणा हुन मात्रै बाँकी रहेको बताएका थिए ।

बुधबार नै ढिकुरपोखरी गाविसको वडा नम्बर २ र ३ को परियार बस्तीमा बैचारिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । त्यसै गरि एकीकृत माओवादी कास्की निर्वाचन क्षेत्र न. १ का उम्मेदवार विष्णु पौडेल बुधबार चुनावी अभियान लिएर नामार्जुङ पुग्नुभएको छ ।

उहाँले बुधबार नामार्जुङको विभिन्न वडाहरुमा घरदैलो र कोणसभा गरे । उम्मेदवार पौडेलले नामार्जुङको पर्यटकीय गाउँ ताङतिङमा घरदैलो पश्चात कोणसभालाई सम्बोधन गरेका थिए । कोणसभामा उम्मेदवार पौडेलले जनपक्षीय संविधान निर्माणका लागि एकीकृत माओवादीको नीति र नेतृत्वले मात्रै संभव रहेको बताए ।

कार्यक्रममा एकीकृत माओवादीका क्षेत्रीय संयोजक गंगा पोखरेलले विगतमा पनि ताङतिङका जनताले एमाओवादीलाई माया गरेकोले यसपटक पनि माया गर्नेमा आफु ढुक्क रहेको बताए । बधुबारनै उम्मेदवार विष्णु पौडेलले नामार्जुङको वडा न. ८ र ९ मा घरदैलो पश्चात घ्याम्राङमा कोणसभालाई सम्बोधन गरेका छन् ।

त्यसै गरि लेखनाथ नगरपालिका वडा नम्बर ११ मा रविन्द्र अधिकारीको संयोजकत्वमा ५ सय १ सदस्सीय निर्वाचन परिचालन समिति, पूरुषोत्तम अधिकारीको संयोजकत्वमा २ सय ५० सदस्यी वाईसीएल परिचालन समिति र प्रेम सुनारको नेतृत्वमा ५ सय १ सदस्सीय प्रचार प्रसार समिति गठन भएको छ ।

त्यसै गरि एमाओवादी कास्की क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेदवार बखानसिंह तमु ‘आभाष’ले चुनावको बेला सुकुम्बासी बस्तीमा पैसा बाड्न आउने र चुनावपछि सुकुम्बासी बस्तीमा आगो लगाउन आउनेहरुलाई भोट नदिन आग्रह गरे । बुधबार पोखरा १८ काजीपोखरीको सुकुम्बासी बस्तीमा भएको चुनावी कोणसभामा तमुले सुकुम्बासी, भुमिहिन, गरिब, मजदुर, किसान, उत्पीडित आदिवासी जनजाति, दलित, मधेसीको मुक्तिको लागि लड्ने बताए ।

कोण सभामा एमाओवादी तमुवान राज्य सदस्य विश्वप्रकाश लामिछाने, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सदस्य खिलानिधि पाण्डे, जलेश्वर आमा समुहका सचिव हरिमाया तमु, मान्द्रेढुङ्गा टोल विकास संस्थाका अध्यक्ष मोहन गिरी लगायतले पार्टिको चर्चा गरेका थिए । बुधबार नै पोखरा १५ मा एमाओवादीको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन भएको छ ।

कमेन्टहरु
Loading...