सागर राज तिमिल्सिना
पोखरा, १३ कात्तिक/नेपाली काँग्रेसका पूर्व महामन्त्री एव्म पूर्व सभामुख तारानाथ रानाभाटले हतियारको राजनीति भन्दा जातीय राजनीति खतरनाक हुने वताएका छन् । डेमोक्र्याटिक लयर्स एशोसिएशन कास्की, लोकतन्त्रवादी, पेशागत समुहहरुको आयोजनामा पोखरामा भएको संविधानसभाको निर्वाचनमा लोकतन्त्रवादीलाई मतदान, शान्ति बहु पहिचान र संघीयतासहितको लोकतान्त्रिक संविधान विषयीक कार्यक्रममा रानाभाटले त्यस्तो बताएका हुन् ।
उनले १० वर्षे हतियारको राजनीति शान्ती प्रकृयामा आए पनि जातीय राज्य काएम भए त्यो हतियारको राजनीति भन्दा पनि खतरनाक हुने दावी गरे । उनले लोकतन्त्रलाई संस्थागत विकास गर्न र लोकतान्त्रीक सविधान निर्माण गर्न नेपाली काँग्रेसलाई विजयी गराउनु पर्ने बताए । नेता रानाभाटले कम्युनिष्टको नारा लिएर मुलुकमा लोकतन्त्रको विकास हुन नसक्ने भएकाले पनि प्रजातन्त्रवादीहरुको विजयी आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं. ३ का उमेदवार शोभियत बहादुर अधिकारीले काँग्रेसलाई बहुमत भएन भने नेपाली जनतालाई फेरी पनि अर्को प्रश्त्ताप पर्ने भएकाले काँग्रेसलाई भोट दिन आग्रह गरे । काँग्रेस क्षेत्र नं. ४ का अर्का प्रत्यासी महादेव गुरुङले सम्रग जातजातिको साझा संस्थाको रुपमा रहेको काँग्रेसले नै जनपक्ष काम गर्न सक्ने बताए ।
कार्यक्रममा लिगल आई कास्की प्रकाशनका संयोजक अधिवक्ता विष्णु घिमिरेलाई सम्मान गरियो । काँग्रेसका समानुपातिक उमेदवार यदुनाथ खनाल, काँग्रेस कास्कीको उपाध्यक्ष विष्णु बाँस्तोला, प्रेश युनियनका महा–सचिव शिव लम्साल, पश्चिमाञ्चल संयोजक रमेश पौडेल, प्रध्यापक संघका जगत तिम्लिसिना, शिक्षक संघका केशम निरौला, कर्मचारी युनियनका दुर्गा आत्रिय, चिक्तिसक संघका के.के. राई, पुनरावेदनबारका अध्यक्ष मुकुन्द्र आर्याल, कर्मचारी संघका रामजी कोइराला, डा. यमनाथ तिम्लिसिना, शिरोमणी लामिछाने, विष्णु शर्मा लगायतले चुनावी चर्चाका बारेमा चर्चा गरेका थिए ।