गोल्डमार्ट कर्मचारीद्वारा ६२ यूनिट रगत संकलन

पोखरा, १२ कात्तिक/पोखरा चिप्लेढुंगास्थित दी युनाइटेड गोल्डमार्टको कर्मचारी कल्याणकारी समितिले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ६२ यूनिट रगत संकलन गरी रक्तसंचार केन्द्र कास्कीलाई हस्तान्तरण गरेका थिए ।

रक्तसंचार केन्द्रका अर्जुन ज्ञवालीले गोल्डमार्टका अध्यक्ष महेन्द्रमान गुभाजुलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सभापतित्व ग्रहण गर्दै कल्याणकारी समिति अध्यक्ष सीमा गुरुङ्ले पोखरामा हुने रक्त अभावलाई कम गर्ने र रक्तदान गर्न सचेतना जगाउँने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

सोही अवसरमा गुरुङ्ले रक्तदाताप्रति धन्यवाद दिँदै तिहारको शुभकामनासमेत व्यक्त गरिन् । कार्यक्रममा युनइटेड गोल्डमार्टका प्रबन्धक भोजराज पौडेल, निर्देशकहरु विमलमान गुभाजु, प्रितममान बुद्धाचार्य, सम्मरमान बुद्धाचार्य र तिर्थमान बुद्धाचार्यकोसमेत सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कर्मचारी कल्याणकारी समितिका उपाध्यक्ष रविन्द्र पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...