लेखनाथ, १२ कात्र्तिक/नेपाली काँग्रेस क्षेत्र नम्बर १ कास्कीको उमेदवार सहितको प्रचारप्रसार टोली कास्कीको पार्चे गाविसको सिक्लेसमा पुगि आमसभा सम्पन्न गरेको छ । गाविसको खिलाङ, पार्चे, लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । जंगबहादुर गुरुङको सभापतित्वमा सम्पन्न आमसभामा उमेदवार यज्ञबहादुर थापाले काँग्रेसले बल होइन विचारको राजनीति गरेकाले जनताको विश्वास बढि रहेको बताए ।
त्यसै गरि समानुपातिक तर्फका उमेदवार जीवन परियार, पार्चे इकाइ सभामति कर्णसिंह गुरुङ, साथै नेताहरु कृष्ण केसी, कमलनाथ कुँवर,रस कुमारी गुरुङ, रुद्र बहादुर गुरुङ, रामबाबु भण्डारी, भिमकाजी गुरुङ, सुदिपमोहन भट्टराई लगायतले संघियता, प्रादेशिक स्वायत्तता र समृद्ध अर्थतन्त्रका नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गरे ।
कास्की १ कै रुपाकोट गाविसको भङगारामा शिवराज अधिकारी, तथा खेम गुरुङ नेतृत्वको समुहले नगर सभापति राजेन्द्रमणि लामिछाने सहितको उपस्थितीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । लेखनाथ वडा नम्बर ७ मा वडा सभापति वुद्धिमाय रिजालको सभापतित्वमा महिला भेला कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी लेखनाथ नगर क्षेत्रका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
त्यसै गरी नेपाली काँग्रेस वडा ईकाइ समिति वडा नं.१७ को आयोजनामा पोखराको विरौटामा शुभ दिपावलीको शुभकामना तथा कोण सभा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । पोखरा उपमहानगर पालिका वडा नं.१७ को घरदैलो अभियान सकिए लगत्तै विरौटामा कोण सभा गरिएको हो । कोण सभामा बोल्ने अधिकाँश वक्ताहरुले कम्युनिष्टहरुले बहुमत ल्याएमा संविधान वन्न नसक्ने बताएका थिए ।
कम्युनिष्टहरुले सत्ता प्राप्तिका लागि आम जनता माझ झुटको खेती गरेको आरेप लगाउदै उनिहरुले लोकतान्त्रि संविधान निमार्ण गर्नका लागि काँग्रेसलाई दुई तिहाई वहुमतले विजयी गराउनु पर्ने बताएका थिए । उनिहरुले क्षेत्र नंं.३ का उमेदवार सोभियतबहादुर अधिकारी एउटा कर्मठ र इमान्दार व्यक्ति भएको बताउदै अधिकारीलाई अत्याधिक मत विजयी गराउन समेत आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले नेपाली काँग्रेसमा जनलहर बढेको वताउदै नेपाली काग्रेसको बहुमतलाई कसैले रोक्न नसक्ने ठोकुवा गरे । यति खेर देश भर नै काँग्रेसको जनलहर बढेर आएको छ, यो अवस्थामा काँग्रेसको बहुमतलाई कसैले रोक्न सक्दैन उनले भने– लोकतान्त्रिक संविधान बनाउनका लागि अव काँग्रेसले दुई तिहाई वहुमत ल्याउन तर्फ लाग्नु पर्दछ ।
कार्यक्रममा नेपाली काँग्रसका नेता तथा समानुपातिक उमेदवार शुक्रराज शर्माले स्थायी शान्तिको लागि कम्युनिष्टबाट देशलाई मुक्त गर्नु पर्ने बताए । लोकतन्त्र र कम्युनिष्ट एकै ठाउमा रहन नसक्ने बताउदै उनले कम्युनिष्टहरुले आफुलाई लोकतन्त्रवादी भन्न नपाउने ठोकुवा गरे । उनले शान्ति, संविधान र समृद्धिका लागि नेपाली काग्रेसको जित आवश्यक रहेको वताउदै परिवर्त प्राप्त गर्नका लागि आम जनतालाई प्रजातन्त्रको मुल धारमा ल्याउनु पर्ने स्पष्ट पारे ।