स्याङजाको चापकोटमा स्थानीय र प्रहरी विच झडप २ को मृत्यु

स्याङजा, १२ कात्तिक/स्याङजाको चापाकोटमा स्थानीय र प्रहरी विच झडपमा परि प्रहरीको गोली लागी दुई जनाको मृत्यु भएको हो । प्रहरीको गोली लागी स्थानीय सुर्य आले र कृष्ण भटराईको मृत्यु भएको हो । असोज २७ गते महिलाको मृत्यु भएको भएको विषयलाई लिएर स्थानीय र प्रहरी विच झडप भएको हो ।
घटनालाई नियन्त्रण लिनका लागी शसस्त्र, सेना र थप प्रहरी बल पठाउनका लागी प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । झडप दिऊसो साढे तिन बजे भएको हो । झडपमा परि पाँच जना प्रहरी घाइते भएका छन् भने चार जना स्थानीय घाइते भएका छन् ।

कमेन्टहरु
Loading...