धादिङ पोखरा समितिद्वारा शैक्षिक सामग्री वितरण

पोखरा, २३ मंसिर । धादिङ पोखरा सम्पर्क समितिद्वारा सल्यानकोट ५ धादिङमा रहेको बेदव्यास प्रविमा शैक्षिक तथा छात्रबृत्ति वितरण कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । समितिका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष केदार धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि स्थानीय शान्ति समिति धादिङका संयोजक एवं नेपाली काँग्रेसका नेता बासु तिमिल्सिनाले समितिको सहयोगको खुलेर प्रसंसा गरेका थिए । उनले आफू विद्यालयको सस्थापक प्रअ समेत भएको नाताले अझै केहि गर्न बाँकी रहेका बताएका थिए । समितिले धादिङमा रहेको पिछडिएको तथा विपन्न समूदायमा रहेका विद्यार्थीहरुलाई शैक्षिक समग्री वितरण गर्दै आएको छ । उक्त कार्यक्रमको सञ्चालन समितिका सदस्य गोकर्ण लंसालले गरेका थिए भने कार्यक्रमको बारेमा संयोजक कृष्ण धरेलले जानकारी गराएका थिए । समितिका सल्लाहकार गोकर्ण अधिकारीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा धादिङको उत्तरी क्षेत्रमा अवस्थित उक्त विद्यालयमा दलित, जनजाति सहित ९० जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा समितका वरिष्ठ सल्लाहकार तथा अन्तर समाज महासंघ राष्ट्रिय समितिका सस्थापक अध्यक्ष रुद्रप्रसाद खनालले सस्थाले गरेको कार्य रचनात्मक भएको बताएका थिए । यसैगरि कार्यक्रममा समितिका निबर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठले शैक्षिक सामग्री भन्दा पनि समितिको सहयोगलाई महत्वपूर्णरुपमा लिन आग्रह गरेका थिए । सहयोग कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल रानामगरले समितिको सहयोग बास्तवमै महत्वपूर्ण भएको धारणा ब्यक्त गरेका थिए । उनले आफ्ना विद्यार्थीहरुलाई ४० हजार बराबरको विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेकोमा खुसि ब्यक्त गरेका थिए । स्थानीय अभिभावक, विद्यार्थी, समाजसेवी तथा विभिन्न शैक्षिक ब्याक्तित्वहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सल्यानकोट उमाविका शिक्षक हरिप्रसाद तिमिल्सिना, नेरेसो धादिङका उपसभापति नारायण तितिल्सिना, स्थानीय बुद्धिजीवी कृष्णकुमार थापा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमबहादुर श्रेष्ठ लगायतको सहभागितमा कार्यक्रम सम्पन्न भएको थियो । ९० जना विद्यर्थीहरुलाई समितिले ड्रेस, कपि र कलम वितरण गरेको थियो ।

कमेन्टहरु
Loading...