कास्कीमा ११ बजेपछि देउसी खेल्न रोक

पोखरा १२ कार्तिक । तिहार नजिकिदै जाँदा जिल्ला प्रशासन कार्यालयले भुइँचम्पा, पटाका र आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ । प्रशासन कार्यालयद्वारा जारी गरिएको सार्वजनिक सूचनामा राति ११ बजेपछि देउसी भैलो खेल्न पनि प्रतिबन्ध लगाइएको छ ।cdo kaski ko

शान्ति सुरक्षामा खलल पर्न सक्ने भन्दै भुइँचम्पा, पटाका र आतिसवाजी जस्ता पदार्थको उत्पादन, आयात, बिक्री वितरण, परिबहन तथा प्रयोग नगर्न नगराउन आग्रह गरिएको कार्यायका शाखा अधिकृत रामजीप्रसाद कोइरालाले बताए ।

जारी सूचनाको बर्खिलाप हुने गरी बिष्फोटक पदार्थको प्रयोग र राति ११ बजे पछि देउसी, भैलो खेलेको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने बताइएको छ । यस वर्ष कात्तिकको १९ गते भाइटीका परेको छ ।

 

कमेन्टहरु
Loading...