पक्राउ परेका कार्यकर्ता बिनासर्त रिहा गर्न बैद्यको माग

कार्तिक १२ पोखरा । निर्बाचन बिरोधी क्रियाकलाप गरेको अभियागमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिना सर्त रिहा गर्न नेकपा माओबादीले माग गरेको छ । नेकपा माओबादीका अध्यक्ष मोहन बैद्यले आज बिज्ञप्ती निकाली सरकारको निति दमनकारी भन्दै गिरफ्तार गरिएका सबैलाई विनाशर्त रिहा गर्न माग गरेका हुन् ।

mohan baidhyaचुनावमा भाग लिनु र बहिष्कार गर्नु दुवै समान राजनीतिक अधिकार र स्वतन्त्रताको विषय भएको उल्लेख गर्दै बैद्यले देशका विभिन्न स्थानमा बहिष्कार आन्दोलनमा रोक लगाउने, नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र मुद्दा लगाउने क्रियाकलाप रोक्न आग्रह गरेका छन् । देशैभर माहौल बनिसकेको बेला चुनाब बिरोधी घटक नेकपा –माओबादीले भने अझै निर्बाचन स्थगनको सर्त अघि सारेको छ । आफ्ना माग प्रति सरकार र मुख्य राजनितिक दल गम्भिर नभएकाले आन्दोलनमा जान बाध्य भएको बैद्यले बिज्ञप्ती मार्फत प्रष्ट पारेका छन् ।

‘ देश र जनताप्रति जिम्मेवार राजनीतिक पार्टीका नाताले अझैपनि समय छदै गम्भीर बन्न र राष्ट्रिय सहमति विना हुन लागेको संविधान सभाको निर्वाचनलाई स्थगन गरी ३३ दलिय मोर्चाको सर्वपक्षीय गोलमेच सभा लगायतको प्रस्तावलाई गम्भीरतापूर्वक लिई वार्तामार्फत् परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल तथा सरकारसँग विशेष अनुरोध गर्दछौं । ’ बैद्यले आज जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

 

कमेन्टहरु
Loading...