सफल पोखरा कपमा हङकङ र भुटान भिड्दै

पोखरा १२ कार्तिक । पोखरामा जारी तेस्रो सफल पोखरा कपको अन्तिम क्वाटरफाईनलमा आज दुई पाहुना टोलि नेप्लिज फुटबल एसोसिएसन हङकङ र सिएफसि क्लब भुटान बिच प्रतिश्पर्धा हुदैछ । यी दुई टिम अन्तिम चारको लागि दिउसो साढे २ बजे पोखरा रंगशालामा भिड्नेछन् ।

हङकङ पहिलो चरणमा नेपालको १६ बर्ष मुनीको राष्ट्रिय टिमलाई हराउदै क्वाटरफाईनल पुगेको हो भने भुटान वाई पाएर सिधै अन्तिम आठमा खेल्न लागेको हो । हङकङले नेपालको यु १६ टिमलाई ३–० ले हराएको थियो । दुई पाहुना टोलिको आजको खेल निकै प्रतिश्पर्धात्मक हुने अनुमान गरिएको छ ।

भुटानको ए डिभिजन क्लब सिएफसि पनि शसक्त टिम रहेको अनुमान गरिएको छ । हङकङले आफ्ना खोलाडि सहित केहि नेपाली र बिदेशी खेलाडिको साथ लिएको छ । आजको बिजेताले फाईनल प्रबेशको लागि कार्तिक १४ गते थ्रिस्टारको सामना गर्नेछ ।

यसअघिको खेलमा जित हात पार्दै थ्रिस्टार, मनाङ र आर्मी सेमिफाईनलमा प्रबेश गरिसकेका छन् । एन्फा कास्कीको आयोजनामा जारी प्रतियोगिताको फाईनल खेल कार्तिक १६ गते हुनेछ ।

कमेन्टहरु
Loading...