काग्रेसको पोखरा १७ मा चुनावी प्रचार प्रसार

कात्र्तिक ११, पोखरा /नेपाली कांग्रेस क्षेत्र नम्बर नं ३ कास्कीका उम्मेदवार शोभियत बहादुर अधिकारीलाई जिताउन वडानम्बर १७ ले पुर्ण रुपमा लाग्ने प्रतिवद्धता जाहेर गरेको छ । क्षेत्र नम्बर ३ ले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिना घरदैलोका क्रममा पोखरा १७ मा पुगेका उम्मेदवार अधिकारी सहितको टोलिलाई रुख चिह्नमा भोट हाली सहयोग गर्ने प्रतिवद्धता गरेको क्षेत्र नम्बर ३ का पुर्व सभापति विरेन्द्रमान विजुच्छेले जानकारी दिनुभयो ।
सोमबार विहान ७ बजेबाट थालेको घरदैलो अभियानका क्रममा वडानम्बर १७ अन्तर्गत विरौटा, घारीपाटन, हिमालय टोल, अर्जुनमान टोल, महतगौडा, एयरपोर्ट क्षेत्र, लगायतका स्थानमा घरदैलोका क्रममा पुग्दा स्थानियले उम्मेदवार अधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको उहाँले जानकारी दिनुभयो ।
घरदैलोका क्रममा उम्मेदवार अधिकारीले यस क्षेत्र बाट निर्वाचित भए विकास निर्माणको कार्यलाई प्रथामिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले संविधान निर्माणका लागि पनि कांग्रेसलाई भोट गर्नुपर्ने भन्दै कांग्रेसको बहुमत नआए जनताको संविधान बन्न नसक्ने ठोकुवा गर्नुभयो ।
घरदैलो कार्यक्रममा क्षेत्रिय सभापति शोभाचन्द्र बराल, समानुपातिक उम्मेदवार सुनियना पालिखे, इकाइ सभापति पुण्डरी बराल लगायतको सहभागीता थियो । वडानम्बर १७ को घरदैलो कार्यक्रमलाई मंगलबार पनि जारी राख्ने बताएको छ । मंगलबार वडानम्बर १७ विरौटाचोकमा कोणसभा गर्ने भएको छ । कोणसभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे, समानुपातिक उम्मेदवार शुक्रराज शर्मा लगायतले सम्बोधन गर्नुहुने छ ।

कमेन्टहरु
Loading...