एमाले चार द्धारा प्रचारलाई तिव्रता, प्रचारात्मक ¥याली र घरदैलो कार्यक्रम जारी

पोखरा, ११ कार्तिक/नेकपा एमाले क्षेत्र नम्बर चारका उमेद्वार सीता गिरीलाई जिताउन एमाले क्षेत्र नम्बर चारले विभिन्न कार्यक्रमलाई अभियानकै रुपमा तिव्रता दिएको छ । गाउँ गाउँमा गठन भएका एमालेका प्रचार कमिटी र उसका भातृ संगठनहरुले भरदैलो र प्रचार कार्यलाई तिव्रता दिएका छन् ।त्यस्तै उमेद्वार सहितको घरदैलो अभियानलाई पनि निकै तिव्रता दिइएको छ ।

घरदैलो कार्यक्रमा क्षेत्र नम्बर चारका उमेद्वार सीता गिरी सहित एमालेका जिल्ला तथा क्षेत्रीय नेताहरु सहभागि रहेका छन् । उनीहरुले धम्पुसका सवै वडामा घरदैलो सकेर आज धितालमा घरदैलो गर्दै छन् । घर दैलो अभियानका क्रममा धम्पुसबासीले विगतमा आँफुहरुले गरेको गल्ती यसपाली सूर्यमा मतदान गरेर सच्याने प्रतिवद्धता जनाएका एमाले क्षेत्र नम्बर चारका अध्यक्ष विष्णु केसीले जानकारी दिएका छन् । विगतमा भूल गर्दा विकास निर्माणका काम हुन नसकेको र संविधानपनि बन्न नसकेकाले यसपाली गिरीका पक्षमा संगठित भएर लाग्ने स्थानीयले वताएका उनको भनाई छ ।

टोलीमा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य पुण्य पौडेल, जिल्ला सचवालय सदस्य दामोदर वैरागी, टेक बहादुर गुरुङ र क्षेत्रीय अध्यक्ष केसी लगाएत सम्मीलित रहेका छन् । उनीहरुले देश र जनताको मायाँ गर्नेपार्टी एकमात्र एमाले रहेको भन्दै सूर्यमा मतदान गर्न आग्रह गर्दै घर दैलोमा पुगरे एमालेको पक्षमा मत मागेका छन् ।

एमालेको निती एमालेकै नेतृत्व मुल नाराका साथ निर्वाचनमा होमिएको एमालेलाई जिताउन युवाहरुको टोलिले आज पनि बृहत मोटरसाइकल सहितका प्रचारत्मक ¥याली निकाल्ने भएका छन् । युवासंघ स्थायी समिति सदस्य माधव वास्तोलाको नेतृत्वमा निस्कने ¥याली एमाले क्षेत्र नम्बर चारको कार्यालयबाट सुरु भई कास्कीको पामे र ठुलाखेत सम्म पुग्ने एमाले क्षेत्र नम्बर चारका कार्यलय सचिव हरी लम्सालले जानकारी दिएका छन् । प्रचारात्म ¥यालीमा युवाहरुको विशाल समुह सहभागि रहने उनले जनाएका छन् ।

कमेन्टहरु
Loading...