कांग्रेसका महादेवको धम्पुसमा प्रचार प्रसार

कार्तिक ११ गते, धम्पुस /कास्कीको धम्पुसका मतदाताहरुले नेपाली कांग्रेस क्षेत्र नं ४ का उम्मेदवार महादेव गुरुङ्गलाई संविधानसभा विजयी गराउने बताएका छन् । घरदैलो कार्यक्रमपछि, आयोजित चुनावीसभालाई सम्वोधन गर्दै, नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले मुलुक र जनताको उज्वल भविष्यका लागि यसपाली चुनावमा नेपाली कांग्रेसलाई जिताउनुपर्ने वताए ।

नेता शर्माले भन्नुभयो,–देशवाट गरिवी हटाउन र दीगो शान्ति स्थापनाका लागि कांग्रेस नेतृत्वको विकल्प कम्युनिष्टहरु हुन नसक्ने दावी गरे । नेपाली कांग्रेस क्षेत्र नं ४ का उम्मेदवार महादेव गुरुङ्गले माओवादीले विगतमा गरेका सहमति र समझदारी पटक पटक तोडेकाले उनीहरुलाई जनताले विश्वास गर्न नसक्ने वताए । कम्युनिष्टहरुले जनतालाई धेरै पटक झुक्याई सकेको तर्फ संकेत गर्दै उम्मेदवार गुरुङ्गले, जनताको विश्वास कांग्रेसमा मात्रै रहेकाले अहिलेको चुनावमा कांग्रेसलाई अत्यधिक वहुमतले विजयी गराउनुपर्ने वताए ।

यस्तै, नेपाली कांग्रेस क्षेत्र नं ४ ले विभिन्न गाँउ विकास समिति र वडाहरुमा घरदैलो, अन्तरक्रिया र भेटघाट कार्यक्रम तीव्र पारेको छ । सोमवार पोखरा उपमहानगरपालिका वडा नं अर्चलवोट, विन्ध्यवासिनी, भैरवटोल मिरुवा लगायतका स्थानमा घरदैलो कार्यक्रम भएको नेपाली कांग्रेस कास्कीका सचिव यूवराज कुँवरले जानकारी दिए ।सोमवार नै कास्कीकोट गाविसका विभिन्न वडाहरुमा पनि घरदैलो कार्यक्रम भएको छ । ईलाका ९ का संयोजक भरतवहादुर अधिकारीको नेतृत्वमा रहेको नेताहरुको टोलीले घरदैलो कार्यक्रम गरेको कास्की कांग्रेसले जनाएको छ ।

कमेन्टहरु
Loading...