एमाओवादीको कास्कीको चुनाव प्रचार

पोखरा, ११ कात्तिक/कास्की क्षेत्र न. १ को सैम¥याङ गाविसमा चुनावी प्रचार प्रसार गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार विष्णु पौडेलले मुलुक हाँक्ने सक्षम नेतृत्व र सवल नीति भएको पार्टी एमाओवादी भएकोले स्थीर राजनीति र समृद्ध नेपालका लागि एमाओवादीलाई जिताउन आग्रह गरे । कार्यक्रममा समानुपातिक उम्मेदवार निर्मला सुवेदीले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान सुनिश्चत बनाउनु पर्ने बताइन् ।

सोमबार नै क्षेत्र न.१ को लेखनाथ वडा न ८ मा एकीकृत माओवादीको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन भएको छ । शिशुवामा कार्यालयको उद्घाटन गर्दै एमाओवादीकी केन्द्रीय सदस्य कञ्चन खनालले जनमुखी संविधान गर्ने पर्ने बताइन् ।त्यसै गरि क्षेत्र न.२ को लामाचौर गाविसमा जनयुद्धका सहिद दामोदर गौतमको एघारौं स्मृति सभा सम्पन्न भएको छ । स्मृति सभालाई सम्बोधन गर्दै एमाओवादीका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार झलकपाणि तिवारीले सहिदहरुले देखेको सपनालाई साकार पार्ने माध्यम नै संविधान सभाको चुनाव रहेको बताउए ।

चुनावी प्रचार अन्तरगत क्षेत्र न.३ को पोखरा १७ छोरेपाटनमा सोमबार एकीकृत माओवादीको चुनावी सभा गरेको छ । सभालाई सम्बोधन गर्दै उम्मदेवार रामजी बराल (जीवन) ले चुनावमा एकीकृत माओवादीको जनलहर देखेर विरोधीहरु आत्तिएको बताए । जनयुद्धका सहिदद्वय तीर्थ लुईटेल र दामोदर गौतमको एघारौं स्मृति सभा सोमबार पोखराको विन्ध्यवासीनीमा सम्पन्न भएको छ । एकीकृत माओवादी क्षेत्र न.४ अन्तर्गत पोखरा वडा न.२ को आयोजनामा स्मृति सभा सहित चुनावी सभा भएको हो । सभालाई सम्बोधन गर्दै एमाओवादीका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार अमर तमुले संविधान सभा एमाओवादीकै मुद्दा भएकोले जित निश्चित भएको बताए ।

कमेन्टहरु
Loading...