यसरी भयो पूर्वसभासद् आलमको हत्या, एमाले नेताको एमाले कै नेताले हत्या

बारा, १० कात्तिक/एमाले नेता महमोद आलमको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका एमालेकै नेता रामचन्द्र प्यासी कुशवाहासहित तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरेर प्यासीसहित तीन जनालाई सार्वजनिक गरेको हो ।

आलमको हत्यामा दुई जना सार्प सुटर सहित पाँच जनाको संलग्नता रहेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले तीन जनालाइ पक्राउ गरि सार्वजनिक गरेको हो । प्रहरीले बारा बन्जरीया ८ घर भएका नेकपा एमालेका पुर्वसभासद एंव राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रामचन्द्र प्यासी कुशवाहा, भारत अलिगढ घर भइ हाल वीरगन्ज ४ मा बस्दै आएका सिभिल इन्जिनियर अतिक खान र भारत रक्सौल ४ घर भएका भारतीय पत्रकार राजु श्रीवास्तव बर्मालाइ सार्वजनिक गरेको हो ।
अरू दुई जना सुटरहरुको पहिचान भइसकेपनि उनिहरु नेपालबाहिर रहेकाले पक्राउ गर्न नसकिएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो सीआइबीका प्रमुख प्रहरी नायब महानिरिक्षक डिआइजी प्रकाश अर्यालले जानकारी दिए ।डिआइजी अर्यालले आलमको हत्या योजना ६ महिना पहिलादेखि मुख्य योजनाकार प्यासीले नै बनाएको बताए ।
डिआइजी अर्यालले आलमको हत्याका लागि प्यासीको योजनामा भारतीय तीन जना सार्प सुटरहरु दुइ महिना पहिले देखि नै वीरगन्जस्थित रानीपोखरी होटलमा बसेर काठमाण्डौ गएपनि सफल हुन नसकेको बताए ।आलम हत्याका लागि सुटरहरु काठमाडौसम्म पुगेर प्रयास गरेको डिआइजी अर्यालले बताए । ‘आलम हत्या योजना दुबईमा बनेको थियो,’ अर्यालले भने ।
आलमको हत्यामा संलग्न सुटरहरुले नै असोज ११ गते काठमाडौको जोरपाटीमा भारतीय नागरिक महमद समसुल हक माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।आज सार्वजनिक गरिएका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत बाराबाट म्याद थप गराउने तयारी गरेको छ । कुशवाहालाई प्रहरीले हिजो बाराको सिमराबाट पक्राउ गरेको थियो ।
कुशवाहा अघिल्लो संविधानसभामा एमालेबाट समानुपातिक तर्फका सभासद थिए । यसपल्ट पनि चुनावमा टिकटको अपेक्षा गरेपनि प्रत्यक्ष उम्मेदवारको सूचीमा नाम नपरेपछि असन्तुष्ट बनेका कुशवाहाले टिकट नपाएको झोंकमा आलमको हत्याको योजनामा झन् केन्द्रित भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...