लकडाउन तथा निषेधाज्ञाको हल्लासंगै चहलपहल घटेको पोखराको सडक (फोटोफिचर)

सुमन थापा सिञ्जाली मगर ।

पोखरा । पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढिरहेको छ । हरेक दिन १० जनाभन्दा बढीमा भाइरस संक्रमण देखिन थालेपछि यहाँका स्थानीयमा त्रास पैदा भएको छ । लकडाउन खुलेसंगै पोखरामा पनि चहलपहल बढेको थियो । विस्तारै मानिसहरु आफ्नो दैनिकीमा फर्किन थालेका थिए । तर पछिल्लो समय फेरी संक्रमणको क्रम बढेपछि नागरिकमा त्रास पैदा भएको छ । आजबाट पोखरामा लागू हुने भनिएको निषेधाज्ञा या लक डाउनका विषयमा निर्णय हुन नसकेपछि नागरिकमा त्राससंगै अन्यौलता छ । हिजो नै पोखरामा निषेधाज्ञा हुने समाचार बाहिरिएपछि आज पोखरामा केही कम चहलपहल छ । पोखराका सडकमा आज लक डाउन खुलेपछिभन्दा केही कम सवारीसाधन चलेका छन् । बजारमा मानिसहरु पनि कम देखिएका छन् ।

कमेन्टहरु
Loading...