आर्मी सफल पोखरा कपको सेमिफाईनलमा

सागर राज तिमिल्सिना
पोखरा १० कार्तिक । बिभागिय टिम नेपाल आर्मी तेस्रो सफल पोखरा कपको सेमिफाईनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा यति हिमालयन शेर्पा क्लबलाई २–१ ले पन्छाउदै आर्मीले अन्तिम दुईको लागि मनाङसंगको भेट पक्का गरेको हो । safal cup army vs sherpa१७ औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा शेर्पा प्रतियोगिताबाट बाहिरियो । शेर्पाको लागि सेगुनले ३५ यार्ड परबाट हानेको उत्कृष्ठ प्रहार गोलमा परिणत भएको थियो । आर्मीले भाग्यको साथ संगै पहिलो हाफको अन्तिम मिनेटमा बराबरीको मौका पायो । ४५ औँ मिनेटमा टंक बस्नेतलाई हिमालयन शेर्पा क्लबका खेलाडी पाल्साङ लामाले डी एरियाभित्र लडाएपछि पाएको पेनाल्टीलाई आर्र्मीका राजु तमाङले सदुपयोग गरे ।

पहिलोहाफमा थपिएको अतिरिक्त समयको दोस्रो मिनेटमा टंक बस्नेतको प्रहार शेर्पाका गोलरक्षक मान बहादुर तामाङले पञ्च गरेपनि रिवाउण्ड बललाई राजु तामाङले नै गोल दिशा दिएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोलका राम्रा मौका सिर्जना गरेपनि गोल गर्न सकेनन् । आजको खेलमा जित हात परेपनि खेलाडीको प्रदर्शन सन्तोषजनक नरहेको आर्मीका प्रशिक्षक बिकास गौचनले बताए ।

स्कोर निस्किएपनि अझैपनि टिम सेट हुन नसकेको उनले बताए । शेर्पाका प्रशिक्षक योगम्भर सुवालले रेफ्रिको गल्तिको कारण आफ्नो टिमले हार ब्यहोर्नुपरेको आरोप लगाए । यद्यपी खेलाडीको प्रदर्शन भने राम्रो रहेको उनको प्रतिक्रिया छ ।  पहिलो संस्करणको उपबिजेता आर्मीले अब फाईनल प्रबेशको लागि कार्तिक १३ गते मनाङसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत भोलिको खेल लिग च्याम्पियन थ्रीस्टार र आयोजक पोखरा ११ बिच हुने आयोजक एन्फा कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...