मनाङ तेस्रो सफल पोखरा कपको सेमिफाईनलमा, जावलाखेल ५–० ले स्तब्ध

सागर राज तिमिल्सिना
पोखरा ९ कार्तिक/मनाङमस्र्याङदी क्लब तेस्रो सफल पोखरा कपको सेमिफाईनलमा प्रबेश गरेको छ । जावलाखेल युथ क्लबलाई ५–० को फराकिलो गोल अन्तरले हराउदै अघिल्लो बर्षको डिफेन्डीङ्ग च्याम्पीयन मनाङले अन्तिम चारको यात्रा तय गरेको हो । पोखरा रंगशालामा आज भएको खेलमा जावलाखेललाई स्तब्ध पार्ने क्रममा मनाङले पहिलो हाफमा एक र दोस्रो हाफमा थप ४ गोल गरेको थियो । खेलको १२ औं मिनेटमा दिपक राईको गोलसंगै पहिलो हाफमा एक शुन्यको अग्रता लिएको मनाङको लागि दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै सुजल श्रेष्ठले अग्रता दोब्बर पारे ।mmc vs ju

मनाङलाई जिताउने क्रममा सागर थापाले ६० औं मिनेटमा गोल गरे । रुपेश केसीको स्थानमा ६३ औं मिनेटमा मैदान छिरेका सुलभ मास्के ७६ औं मिनेटमा चौथो गोल थपे । ८८ औं मिनेटमा सुजल श्रेष्ठको कर्नरमा शिब श्रेष्ठको प्रहार जोगाउन नसक्दा जावलाखेलले हारको अन्तर कम गर्न सकेन । मनाङका खेलाडि सामु निरिह देखिएको जावलाखेलले खेल अबधिभर खासै राम्रो अबसर बनाउन सकेन ।

लगातार आक्रमणमा उत्रेको मनाङलाई रोक्न नसक्दा जावालखेल प्रतियोगिताबाट बाहिरिनु प¥यो । पहिलो रोजाईका किपर बिकास कटुवाल घाईते हुनु र अघिल्लो खेलमा रोतो कार्ड पाएर डिफेण्डर अजय थापामगर खेल्न नपाउनुपनि जावलाखेलको लागि घातक बन्यो । टिमका ४ खेलाडि बिना मैदान उत्रनुपर्दा लजास्पद हार ब्यहोर्नुपरेको जावलाखेलका प्रशिक्षक राजकुमार केसीले बताए । रक्षापक्ति कमजोर हुदा बिपक्षीले राम्रो अबसर पाएको उनको प्रतिक्रिया छ ।

मनाङका प्रशिक्षक हेमन्त आलेले उपाधि दोहो¥याउने लक्ष्यको साथ मैदान उत्रिएको बताएका छन् । भुटानमा सम्पन्न किग्स कप संगै गोर्खाकपको बिजेता मनाङले सफल कपकोे उपाधि हत्याउदै यो सिजनमा उपाधि माथि ह्याट्रिक गर्ने आलेको दाबि छ । मनाङले हिमालय शेर्पा र आर्मी बिच भोलि हुने खेलको बिजेतासंग फाईनल प्रबेशको लागि प्रतिश्पर्धा गर्नेछ ।

कमेन्टहरु
Loading...