पुर्व कर्मचारी सेवा परिषद् नेपालको साधारण सभा

पोखरा, २२ मंसिर/पूर्व कर्मचारी सेवा परिषद नेपाल कास्की शााखाको आठौ वार्षिक साधारण सभा तथा गोधुलीको सन्देशको आठौ अङ्क विमोचन भएको छ । आज आयोजित कार्यक्रममा पूर्व कर्मचारी सेवा परिषदका महासचिव तारानाथ सुवेदीले गोधुलीको सन्देशको विमोचन गरे । पुस्तक विमोचन गर्दै सुवेदीले कर्मचारीहरु एकबद्ध भइ वुढौली उमेरमा पनि जोश जांगर सहित संगठीत भएर लागेकोमा धन्यबाद ब्यतm गरे ।

कार्यक्रममा गोधुलीको सन्देशको आठौ अङ्कको समिक्षा गर्दै समिक्षक कृष्ण भण्डारी मुमुक्षले गोधुलीको सन्देसले कर्मचारीहरुको पुराना अनुभवहरुलाइ साटासाट गरी आफुहरुको मनोभावना समेट्न सकेको वताए । गोधुलीको सन्देशको निरन्तरताले कर्मचारीहरु कामबाट फर्केपछि पनि आफ्ना क्रियाकलापहरुलाइ निरन्तरता दिन्छन भन्ने भाव प्रकट गरेको समेत उनले वताए ।

गोधुलीको सन्देशले कर्मचारीहरुलाइ भेटघाट गराउने भएकाले पनि कर्मचारीहरुको काम श्रहनिय भएकोवताउदै सुवेदीले सम्पूर्ण कर्मचारीलाइ परिषदमा आवद्ध गराइ अगाडी वढ्न समेत सुझाव दिए । पूर्व कर्मचारी सेवा परिषद कास्कीमा हाल ३ सय ५४ जना पूर्व कर्मचारीहरु संगठति भएका छनभने उनीहरुलेमध्ये १८४ जना सदस्यहरु मिलेर पूर्वकर्मचारी सहकारी सञ्चालन गरेका छन् ।

कमेन्टहरु
Loading...