सामीप्य बचत तथा ऋण सहकारी संस्थाको पाचौँ बार्षिक साधारणसभा

पोखरा ९ कात्र्तिक/प्रत्येक सबैका लागि र सबै प्रत्येकका लागि’ भन्ने मूल मन्त्र लिई स्थापित यस सामीप्य बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पाचौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले संस्थाका सचिव गणेश बहादुर ढकालले प्रस्तुत गरेको आ.व. २०६९÷०७० को बार्षिक प्रतिवेदन तथा ०७०÷०७१ का लागि प्रस्तावित कार्यक्रमहरु सर्वसम्मत रुपले पारित भएको थियो साथै कोषाध्यक्ष लक्ष्मी गुरुङले प्रस्तुत गरेको आ.व. २०६९÷७० को लेखापरीक्षण प्रतिवेदन, आर्थिक प्रतिवेदन संशोधन सहित सर्वसम्मत रुपले पारित भएको थियो ।कार्यक्रममा उपाध्यक्ष लक्ष्मी मल्लले स्वागत मन्तव्य राखेकी थिइन् भने मन्तव्यका क्रममा प्रमुख अतिथि सामीप्य समाज नेपालका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्था सहकारीको सात सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा अर्का अतिथि सामीप्य नेपालका संस्थापक अध्यक्ष धु्रब के.सी.ले सबैसँग सहकार्य गरी अगाडि बढेमा संस्था सफल हुने कुरामा दुईमत नहुने बताए ।

कमेन्टहरु
Loading...