सहारा एकेडेमीमा यु–१६ को टिम

सागर राज तिमिल्सिना
पोखरा, ९ कात्तिक/पोखरामा जारी सफल कप फुटबल प्रतियोगितामा भाग लिन आएको एन्फा यु—१६ को टिमले शनिबार सहारा एकेडेमी दोबिल्लाको अवलोकन भ्रमण गरेको छ । सहारा क्लबले सञ्चालन गरेको फुटबल एकेडेमीका बाल खेलाडी तथा क्लबका पदाधिकारीले यु—१६ का खेलाडीलाई स्वागत गरेका थिए ।sahara academy ma u-16 (2)

यु–१६ टिमका प्रशिक्षक बालगोपाल महर्जनले सहाराका बाल खेलाडीलाई आफ्नो फुटबल जीवनबारे जानकारी दिएका थिए । ‘अनुशासित भई प्रशिक्षकको निर्देशनअनुसार खेल सिक्नुपर्छ,’ उनले भने । त्यस अवसरमा सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले यु–१६ टिम नेपालको भविष्यका फुटबलरहरुको टोली भएको बताए ।sahara academy ma u-16 (1)

उनले देशभरका १७ जना बालकहरुलाई एकेडेमीमा फुटबल सिकाइरहेको जानकारी दिएका थिए । टिमका क्याप्टेन विमल घर्तीमगरले राम्रो खेलाडी बन्न प्रशिक्षकका ज्ञान र सिपलाई अनुशरण गर्नुपर्ने अनुभव सुनाएका थिए । त्यस अवसरमा क्लबका पूर्वअध्यक्ष विक्रम थकाली, उपाध्यक्ष केशव बराल लगायत पदाधिकारी तथा सदस्यहरुले सहारा एकेडेमीका बारेमा जानकारी गराएका थिए । तस्वीर ः सुर्दशन रन्जित

कमेन्टहरु
Loading...