क्षेत्र नम्बर ४ को सम्पर्क कार्यलय खुल्यो

पोखरा ८ कात्र्तिक /नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ । क्षेत्र नम्बर ४ कांग्रेस उम्मेदवारलाई जिताउन सम्पुर्ण कार्यकर्ताहरु लागेका छन । उम्मेवदार तथा पार्टीको चुनावी प्रचारप्रसारलाई तिव्रता दिने क्रममा क्षेत्र नम्बर ४ सम्पर्क कार्यालय खोलेको छ । कार्याकर्ता तथा नेताहरु संग भेटघाट, प्रचारप्रसार लगायतका कार्यहरु गर्ने उद्देश्यले पोखरा वडानम्बर २ मा सम्पर्क कार्यालयको एक कार्यक्रमको विच उद्घाटन गरिएको हो । सम्पर्क कार्यालयको शुक्रबार कांग्रेस क्षेत्र नम्बर ४ का उम्मेदवार महादेव गुरुङ र समानुपातिक उम्मेदवार शुक्रराज शर्माले सयुक्ता उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै प्रत्यक्ष उम्मेदवार गुरुङले लोकतान्त्रिक शक्तिलाई विजय गराउन सम्पुर्ण लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान निर्माण हुनका लागि कांग्रेसको विजय आवश्यक रहेको भन्दै जनताको संविधान बन्ने जिकिर गर्नुभयो । त्यसैगरि समानुपाति उम्मेदवार शर्माले लोकतान्त्रिक शक्तिको विजय नै संविधान निर्माण हुने दावी गर्नुभयो । उहाँले जनताको पक्षमा कांग्रेस सदैव रहदै आएकाले अगामी दिनमा पनि रहने प्रतिवद्धता जाहेर गर्नुभयो ।

कमेन्टहरु
Loading...