खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टारको फाईनल आज

पोखरा, ९ कात्तिक। एलिजा फिल्मस् नेपालद्धार सञ्चालित पोखरा नाच घरको आयोजना पोखरामा भएको खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टार २०७० फाईनल शनिबार हुदै छ। प्रतियोगितामा डान्स तर्फ छ जना र सिंङ्गीङ तर्फ छ जना वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
पोखराको सभागुह हलमा हुने उक्त फाईनलमा राष्ट्रिय तथा स्थानिय कालाकारको प्रस्तुती सगै साँस्कृतिक कार्यक्रमको तय गरिएको आयोजकले जनाएको छ ।प्रतियोगितामा डान्स तर्फ मेलिना सुनार, जसविन राना, शान्ति डंगोल, दिपाली वर्देवा, सिम्रन गुरुङ र प्रकृति थापा विच प्रतिस्पर्धा हुने छ भने सिङ्गीङ तर्फ गौरव घिमिरे, अनिल विक, शक्तिकुमार श्रेष्ठ, अर्जुनकुमार थापा, पुजा थापा र सन्तोष वस्याल वीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा डान्स स्टार र सिङ्गिङ स्टारले नगद ५१÷५१ हजारका साथै अन्य अवसर पनि दिईने आयोजकले जनाएको छ ।

त्यसैगरि सिङ्गिङ तर्फ टप सिक्समा पर्नेहरुको कलेक्सन एल्वम समेत निकाल्ने आयोजकले जनाएको छ । साथै डान्स र सिङ्गिङमा टप सिक्समा पर्ने कलाकारहरुलाई काठमाण्डौ लगाएतका अन्य शहरमा लगेर साँस्कृति कार्यक्रम गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्की सगै छिमिकी जिल्लाहरुबाट पनि सहभागिता जनाएको एलिजा फिल्मस् प्रालिका प्रवन्ध निर्देशक जिवन सुनारले जानकारी दिए। उनका अनुसार फाईनलको तयारी पुरा भएको छ ।

कमेन्टहरु
Loading...