जेट विमानले कुकुर कुल्चिँदा……………..

काठमाडौ ८ कात्तिक/फ्लाई दुबईको जेट विमान उडान भर्न तयार भयो । १ सय ७१ यात्रु बोकेको जहाज धावनमार्गमा तीव्र गतिले कुद्न थाल्यो । ठ्याक्कै धती छाड्ने बेला अचानक एउटा कुकुर दौडँदै आयो र अगाडीको पांग्रामा ठोक्कियो । कुकुरलाई कुल्चेर क्षतविक्षत पार्दै जहाज उड्नै लाग्दा पांग्रामा त्यसका अंगप्रत्यंग भुन्डिएका थिए ।यो घटना हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको, जहाँ कुकुरले बाटो काटेपछि धावनमार्ग छाड्नै लागेको जहाजमा इमर्जेन्सी ब्रेक लगाउनुपर्‍यो । सय मिटर पर गएर जहाज बल्लतल्ल रोकियो । कोटेश्वरतर्फ जुन विन्दुमा जहाज रोकिएको थियो, धावनमार्ग त्यहाँबाट २ सय मिटरमै सकिन्छ ।

‘झ्याप्पै नरोकेको भए ठूलो दूर्घटना हुन्थ्यो,’ एक वरिष्ठ पाइलट ९क्याप्टेन०ले भने, ‘ठूलो जहाजका लागि दुईसय मिटर भनेको एक सेकेन्ड पनि होइन । धन्न, जहाज रोक्न सकियो ।’ उत्तिखेरै कुकुरको पछिपछि दौडँदै धावनमार्ग छिरेका दुईटा स्यालले पनि फ्लाई दुबईको बाटो काटेका थिए । ती स्याल भने रौं बराबरले जोगिए ।

कात्तिक ४ गते सोमबार राति पौने ११ बजेको यो घटनापछि फ्लाई दुबईको ‘एफजेड ५७४’ उडान नम्बरको जहाज डेढघन्टासम्म विमानस्थलमै अड्किएको नागरिक दैनिकमा खबर छ । प्राविधिक पक्ष जाँच गरी मध्यरात सवा १२ बजे उक्त विमान दुवई उडाइएको थियो ।

कमेन्टहरु
Loading...