लक्ष्मी आदर्शको महायज्ञमा एकै दिन ६५ लाख संकलन

पोखरा, ७ कात्तिक। लेखनाथ – ७ अर्घाै÷शिशुवास्थित लक्ष्मी आदर्श शैक्षिक प्रतिष्ठान(लक्ष्मी आदर्श बहुमुखी क्याम्पस तथा लक्ष्मी आदर्श उच्च मावि)मा आयोजित श्रीमद्भागवत महापुराण तथा पितृउद्वार ज्ञान महायज्ञ विहीबारपनि जारी रह्यो। महायज्ञमा विहीबार मात्र ६५ लाख संकलन भएको प्रचार प्रसार समितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए। सो रकमसँगै महायज्ञमा हालसम्म दुई करोड १५ लाख रुपैया संकलन भएको छ। महायज्ञमा विहीबार लेखनाथ – ८ का लेखनाथ पाध्या पौडेलले कास्की कालिका – १ आरुपाटाको दुई रोपनी जग्गा दान गरेका छन्। प्रचार प्रसार समितिका सहसंयोजक हेमराज आचार्यका अनुसार, महायज्ञमा विहीबार लेखनाथका गौमाया गुरुङले एक लाख ५५ हजार पाँच सय ५५, लेखनाथ – ८ का दिननाथ÷नारायणदत्त÷मेघनाथ÷राजु सुवेदीले एक लाख २१ हजार सात सय ६६, लेखनाथ – ८ का राजेन्द्र ओझाले एक लाख ११ हजार आठ सय ८८, लेखनाथ – ३ का रवीन्द्रमोहन अधिकारी, लेखनाथ – ८ का भोलानाथ लामिछाने, पोखराका सनतकुमार श्रेष्ठ, लेखनाथ – ४ का बेदनाथ ढुगाना, लेखनाथ – ७ का नरनारायण पौडेल, लेखनाथ – ८ का शम्भुराज गौतम(हाल काठमाण्डौ)को परिवारले एक लाख ११ हजार एक सय ११÷एक लाख ११ हजार एक सय ११ रुपैया र लेखनाथ – ७ का गोपीनाथ बरालले एक लाख पाँच सय ५५ प्रदान गरेका छन्।

महायज्ञमा विहीबार पनि भक्तजन र दानवीरको अत्याधिक घुईचो लागेको थियो। महायज्ञको शुक्रबार समापन गरिने मुल आयोजक समितिका अध्यक्ष बाबुराम जमरकट्टेलले बताए। सवैपक्षको सकारात्मक सहयोगका कारण महायज्ञ उल्लासमय हुन सक्यो अध्यक्ष जमरकट्टेलले भने – शुक्रबार उल्लासमय बातावरणका वीचमा नै महायज्ञ समापन गर्नेछौ। महायज्ञमा युवा पण्डित कमलनयन गौतम प्रमुख वाचक रहेका छन्। शैक्षिक तथा भौतिक विकास र दलित, अपाङ, अशक्त एवं जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोष स्थापना लगायतका उदेश्यले महायज्ञ आयोजना गरिएको हो।

यसैवीच, महायज्ञमा रौनक थपेकोभन्दै महायज्ञ मुल आयोजक समितिले विहीबार बरिष्ठ उद्घोषक नेत्रपाणी बास्तोलालाई सम्मान गरेको छ।
काव्यात्मक शैलीमा कार्यक्रम संचालन गरी महायज्ञमा रौनक थपेको तथा दानवीरलाई समेत पगाल्न सकेको भन्दै उनलाई सम्मान गरिएको हो। महायज्ञका प्रमुख बाचक युवा पण्डित कमलनयन गौतम, महायज्ञ मुल आयोजक समितिका अध्यक्ष बाबुराम जमरकट्टेल, उपाध्यक्ष ज्ञानेन्द्र पौडेल, महासचिव रामजी लामिछाने र लक्ष्मी आदर्श उच्च माविका प्राचार्य बाबुराम सुवेदीले संयुक्त रुपमा बाँस्तोलालाई सम्मान गरेको थिए।
आयोजकले बाँस्तोलालाई सम्मान पत्र, मायाको चिनो प्रदान गर्नुको साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कमेन्टहरु
Loading...