भू–प्रकोपको न्यूनिकरण अन्तर्राष्ट्रिय गोष्ठी पोखरामा

सागर राज तिमिल्सिना
पोखरा, ७ कार्तिक /पोखरामा बेला बेलामा जाने बाढि, पहिरो, भुकम्प लगाएतका भू प्रकोपको न्यूनिकरणका लागी पोखरामा अन्तराष्ट्रिय गोष्ठी भएको छ । एशिया महादेशमा भू–प्रकोपको न्यूनिकरण विषयक एघारौं अन्र्तराष्ट्रिय गोष्ठीबाट यस्ता प्रकोपबाट कसरी जोखिम कम गर्ने भन्ने बारेमा सुझाव दिने छ । नेपाल लगायत समग्र हिमालय क्षेत्रमा पहिरो र यससँग सम्बन्धित विपद् र प्रकोपबारे अनुसन्धान तथा न्यूनिकरणमा पहल गर्दै आएको हिमालयन पहिरो समाज नेपालको आयोजनामा एक दिने गोष्ठी आयोजना भएको हो ।bhu prakopकाठमाण्डौं र पोखरामा गरि दुई गोष्ठीमा १४ मुलुकका एक सय ४० भू–वैज्ञानिक तथा ईञ्जिनियरहरुको सहभागिता रहेको र दुवै ठाउँमा गरी ६७ जना सहभागीहरुले आ–आÇना कार्यपत्र प्रस्तुत गरेको दाहाल जानकारी दिए । गोष्ठीपछि शुक्रबारदेखि स्थलगत भ्रमण सुरु हुनेछ । उनिहरुले सेती नदिको खारपानी क्षेत्र लगायतका स्थान, पोखराका गुफाहरु महेन्द्रगुफा, चमेरे गुफा, गुप्तेश्वर महादेव गुफाको अवलोकन गर्ने छन् । त्यसपछि टोली अरनिको राजमार्ग अन्तर्गत कोदारीसम्म स्थलगत अध्ययनका लागि जानेछ । टोलीले काठमाण्डौं–पोखरा यात्रका क्रममा पृथ्वी राजमार्ग वरपर पनि अध्ययन गरेको थियो ।

११ औं अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल सहित अष्ट्रेलिया, चीन, चेक गणतन्त्र, फ्रान्स, होण्डुरस, भारत, इन्डोनेशिया, जापान, फिलिपिन्ज्स, ताइवान, बेलायत, अमेरिका, भियतनाम लगायतका देशका वैज्ञानिक तथा ईञ्जिनियर सहभागी छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्यमा गत कार्तिक ५ देखि सुरु भएको सप्ताहव्यापी गोष्ठी अन्तर्गत विहिबार पोखरामा आयोजित गोष्ठीमा विभिन्न चार विधामा २५ कार्यपत्र प्रस्तुत गरिएको समाजका कोषाध्यक्ष डा. रञ्जन कुमार दाहालले जानकारी दिए । पहिरो, बाढी, भुईचालो लगायत विषयमा कार्यपत्र प्रस्तुत गरिएको गोष्ठीमा नेपाली र विदेशी गरि ८५ जना सहभागी छन् ।

कमेन्टहरु
Loading...