संयुक्त राष्ट्रसंघ दिवस मनाइयो

पोखरा, ७ कात्तिक/संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसरमा पोखरामा संयुक्त राष्ट्र संघिय युवा तथा विद्यार्थी संघ, नेपाल पोखरा शाखाले ‘मानवअधिकार र युवा सवाल’ विषयक अन्तक्र्रिया सम्पन्न गरेको छ । पोखरा इञ्जिनियरिङ्ग कलेजसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पश्चिमाञ्चल प्रमुख यज्ञ अधिकारीले सत्ता सञ्चालकहरु खराब भए जति सुकै राम्रो संविधान बनाए पनि काम नलाग्ने बताए ।

त्यसै गरी रिलेक नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष अधिकारीले अबको संविधानमा मानव अधिकार मैत्री घोषणपत्र र विचार राख्ने दललाई विजयी गराए मानव अधिकार संरक्षित संविधान बन्न सक्ने बताए । कार्यक्रममा पोखरा इञ्जिनियरिङ्ग कलेज सिभिल कार्यक्रमका विभागिय प्रमुख विष्णु प्रसाद पौडेल, प्रमुख प्रशासक चिज काजी गुरुङ्ग, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, मानव अधिकार पत्रकार संघ कास्कीका उपाध्यक्ष राजेश पराजुली लगायतका मानव अधिकारका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्र र युवाहरुको भूमिका’ विषयमा मानवअधिकार आयोगको पश्चिमाञ्चल प्रमुख यज्ञ अधिकारीले र ‘युनिसानको विगत र वर्तमान’ विषयमा सविना पौडेलले सहजिकरण गरेका थिए ।

कमेन्टहरु
Loading...