सफल पोखरा कपमा आयोजक क्र्वाटरफाईनलमा

सागर राज तिमिल्सिना
पोखरा, ७ कार्तिक/असिमजंग कार्कीको निर्णायक गोलमा आयोजक पोखरा ११ ले क्वार्टरफाईनल प्रवेश गर्दा विभागिय टोली एपीएफ क्लब भने तेस्रो संस्करणको पोखरा कपबाट बाहिरिएको छ । आयोजक पोखरा ११ ले ६२ औं मिनेटमा गोल गरेका थियो । त्यो नै जितको लागि पर्याप्त बन्यो । मनिष तामाङको पासमा कार्कीले वान टच बललाई गोलकिपर अगाडि बढेको अवस्थामा गोल गरेपछि पोखराले क्वार्टरफाईनलको भेट लक्ष्मी बैंक थ्रीस्टारसित पक्का गरेको छ ।

पहिलो हाफमा दुवै टोलीले दुई दुई मुभ बनाए । यद्यपी पहिलो हाफमा भने दुवैले गोलको खातालाई खोल्न सकेनन् । क्र्वाटरफाईनल यात्रा तय गराउने गोलकर्ता कार्की म्यान अफ दि म्याचको हकदार बने । २० औं मिनेटमा जाङबो शेर्पाले पेनाल्टीबक्सबाट हिर्काएको साइक्लिङ सट आउट हुन पुग्यो ।

आयोजक पोखरा ११ ले पनि पहिलो हाफ हुनभन्दा चार मिनेट अगाडि विवेक गुरुङ छिटो टर्न हुन नसक्दा पाएको अवसरलाई गुमायो । सुनिल विकले पेनाल्टी बक्सभित्र सटपास उपलब्ध गराई दिएका थिए । ४३ औं मिनेटमा एपीएफले पनि अर्को अवसर पाएको थियो । सुदिप सिखाकारको फ्रिकिकलाई शेर्पाले व्याक साईक्लिङ सट हिर्काए तर गोलकिपरको हातमा परेको थियो ।

गणेश लावतीले वान भर्सेज वानको अवस्थामा हानेको बललाई पोखरा ११ का गोलकिपर राजु योगीले उत्कृष्ठ बचाउ गर्दै पोखरालाई क्र्वाटरफाईनलसम्म पुग्ने आधारलाई जिवितै राखे । शुक्रबारको खेल यु १६ ले नेप्लीज हङकङ एशोसियसन बीच हुने छ ।

कमेन्टहरु
Loading...