अखण्ड नेपालको चुनावी अभियान र संगठन विस्तारमा तिब्रता

पोखरा ७ कार्तिक/दोस्रो संविधान सभाको निर्वाचन नजिकीदै गर्दा अखण्ड नेपाल पार्टीले चुामबी प्रसार प्रचारलाई तिब्रता दिएको छ । सो पार्टीले कास्की क्षेत्र नं १ को थुम्की गा.वि.सको बाह्रपिर्केमा निर्वाचन प्रचार प्रसार तथा गाउ भेला आज सम्पन्न गरेको छ ।

भेलाले विनोद बहादुर रानाको अध्यक्षतामा १३ सदस्यीय अखण्ड युवा मञ्च थुम्की गठन गरेको छ । भेलाले कृष्ण बहादुर गोदारको अध्यक्षतामा ६ सदस्य पछि थप गर्ने गरी १५ सदस्यीय थुम्की गाउ कार्यसमिति गठन गरेको छ । त्यस्तै भेलाले जमदार गणेश बहादुर पराजुली थापाको अध्यक्षतामा २० सदस्यीय भूपू शैनिक तथा प्रहरी मञ्च थुम्की गाविस स्तरीय कार्यसमिति चयन गरको छ ।

त्यस्तै निर्वाचन प्रसार प्रसारकै क्रममा अखण्ड नेपाल पार्टी कास्की क्षेत्र नं १ अन्र्तगत हंसपुर गा.वि.सको हाँसपोखरीमा चुनाबी भेला सम्पन्न गरेको छ ।

कमेन्टहरु
Loading...