काङ्ग्रेसद्वारा कास्की क्षेत्र नं २ मा घरदैलो

पोखरा, ६ कात्तिक। नेपाली काङ्ग्रेस निर्वाचन परिचालन समिति क्षेत्र नं २ कास्कीले चुनावको प्रचार प्रसारगर्दै बुधबारदेखि घरदैलो कार्यक्रम शुरु गरेको छ। समितिले कास्कीको आर्वा विजय गाविसबाट घरदैलो कार्यक्रम शुरु गरेको क्षेत्रीय सचिव कृष्ण कोइरालाले जानकारी दिए। बुधबार आर्वाविजय गाविस, पोखरा उपमहानगरपालिका वडा नं १२ र १३ मा घरदैलो कार्यक्रम संचालन गरिएको थियो।कार्यक्रममा सहभागि भएर नेपाली काङ्ग्रेस क्षेत्र नं २ कास्कीका उम्मेद्बार शारदा पौडेलले त्यसक्षेत्रका बासिन्दासँग भोट मागेकी थिईन्। कार्यक्रममा उम्मेद्बार शारदा पौडेलले आफु भोट माग्नका लागि मात्रै जनतामाझ नआउने बताउँदै चुनाव जितेर गएपछि पनि जनताको समस्या बुझ्न त्यसरी नै घरदैलोमा आउने प्रतिवद्वता व्यक्त गरेकी थिईन्।

घरदैलो कार्यक्रममा क्षेत्रीय सभापति माधव बाँस्तोला, निवर्तमान सभापति निर्मलप्रसाद कर्माचार्य, महाधिवेशन प्रतिनिधि गुरु बराल, ऋषि काफ्ले, आर्वा गाउँ इकाई सभापति घनश्याम बराल, वडा इकाई सभापतिहरु बजिरमान श्रेष्ठ, होमनाथ कोइराला, विष्णु कार्की, मायादेवी तझ्या, किशोरदत्त बरालले यसपटक काङ्ग्रेसलाई बहुमत दिएर लोकतान्त्रिक संविधान निर्माणको वातावरण बनाउन आग्रह गरेका थिए। पहिलो चरणमा यसक्षेत्रका गाविस र वडा÷वडामा कार्यकर्ता भेला सम्पन्न गरी दोस्रो चरणमा घरदैलो कार्यक्रम संचालन गरिएको अर्का क्षेत्रीय सचिव नवीन सापकोटाले जानकारी दिए।

कमेन्टहरु
Loading...