एमाले उम्मेद्वार सुकुम्बासी टोलमा

पोखरा, ६ कार्तिक/लेखनाथको भण्डारढिकस्थित पट्नेरीका सुकुम्बासी जनताहरुले नेकपा एमालेको एक टोलीलाई स्वागत गरेको छ । एमाले अन्चल समन्वय समितिका सदस्य विजय बाबु बनवासी, लेखनाथ नगरअध्यक्ष मोहन गुरुङ तथा वडा ईन्चार्ज श्रिप्रसाद गुरुङलाई उनिहरुले स्वागत तथा सम्मान गर्दे सुकुम्बासीका समस्यालाई समाधान गरिदिन आग्रह गरेका थिए ।कार्यक्रममा अन्चल समिति सदस्य विजय बाबु बनबासीले नेकपा एमाले संग सबै जाती, बर्ग , लिड्डका मानिसहरुको समस्या समाधान गर्ने हैसियत भएको बताउदै सबैलाई पार्टिलाई भोट दिन आग्रह गर्नुभयो । यसैबिच आज नै एमाले का समानुपातिक उम्मेदवार खगराज अधिकारीले लेखनाथ १३ मा रहेको एमाले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ ।

अधिकारीले क्षेत्र नं १ मा विगतमा एकिकृत माओवादीले जितेर पनि स्थानिय ठाउँका लागि केहि गर्न नसकेको भन्दै अब विकास निर्माणका काममा एमाले अघि सर्ने बताउनुभयो । सोही अवसरमा विगतमा एमाओवादीमा सक्रिय १३ जना युवा एमालेमा प्रबेश गरेका थिए । तिलिजा पुनको नेतृत्वको सो टोलीलार्इ बैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारीले अबिर र खादा लगाएर र्पािर्ट प्रबेश गराएका थिए ।

कमेन्टहरु
Loading...